बैशाख ७, २०८१ शुक्रबार

स्ववियु : काँकरभिट्टा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

काँकरभिट्टा । स्ववियुको मनोनयन दर्ताकै दिन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले काँकरभिट्टा क्याम्पसमा ताला लगाएको छ ।

क्याम्पसले अनेरास्ववियुलाई वेवास्ता गरि निर्वाचन कार्यक्रमलाई अगाडि बढाएको आरोप लगाउँदै अनेरास्ववियुले ताला लगाएको हो । अनेरास्ववियुले केही दिनदेखि राखेको आफ्नो माग सम्बोधन नभएको जनाएको छ ।

अनेरास्ववियुले आचारसंहिता जारी भए पश्चात भर्ना भएका विद्यार्थीहरुले स्ववियु निर्वाचनको चुन्ने चुनिने प्रक्रियामा भाग लिन पाउनु हुँदैन भन्ने माग राखेको छ ।

प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]