बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड ८ र ९ मा खेलकुद समिति गठन

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो ।

वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिन कुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहेका छन् ।

यस्तै, वडा नम्बर ९ मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई सचिवमा विवस बस्नेत र सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेका छन् ।

वडा नम्बर ८ मा वडाअध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाअध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

यसअघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमशः समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]