चैत्र १६, २०८० शुक्रबार

पीएनजीमाथि नेपालको सहज जित

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.४ ओभरमै लक्ष्य भेट्यो ।

नेपालका आसिफ शेखले आक्रमक अर्धशतक प्रहार गरे । उनले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक हो । त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए । पीएनजीका चाड सोपरले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको पीएनजीका ७ ब्याटर दोहोरो अंकमा रन नबनाई आउट भए । पीएनजीका कप्तान आसाद भाला ३१ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाएर सन्दीप लामिछनेको बलमा क्याचआउट भए । सेसे बाउ १८ रनमा बोल्ड भए ।

ओपनर हिरीहिरीलाई १४ रनमा सोमपाल कामीले करण केसीबाट क्याचआउट गराउँदै पभेलियन फर्काउँदा, चाल्र्स अमिनीले १६ रन योगदान गरे । सन्दीप लामिछानेले नेपालका लागि उत्कृष्ट बलिङ गरे । उनले, १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।

ललितनारायण राजवंशी र कुशल मल्ले २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

जितसँगै नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । पहिलो खेलमा पीएनजीमाथि ५२ रनको जित निकालेको नेपालले दोस्रो खेलमा यूएईलाई १ सय ७७ रनले पराजित गरेको थियो । अब अन्तिम खेलमा नेपालले बिहिबार यूएईसँग खेल्नेछ । उक्त खेलमा यूएईलाई पराजित गरे नेपाल शिर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्नेछ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  १२ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]