चैत्र १५, २०८० बिहीबार

अनेरास्ववियुले काँकडभिट्टा क्याम्पसको मुल गेट मै लगायो ताला

काँकडभिट्टा । काँकडभिट्टा क्याम्पसको अवस्था झन् तनावग्रस्त भएको छ । फागुन १९ गतेबाट अनेरास्ववियुले ताला लगाएको काँकडभिट्टा क्याम्पसको अवस्था थप तनावग्रस्त भएको हो ।

बिहान क्याम्पस प्रशासनले स्ववियु मनोनयन दर्ता पत्र तयार पारे पछि । अनेरास्ववियु थप आन्दोलित बनेको हो ।

क्याम्पसले आज तयार पारेको मनोनयन पत्र अनेरास्ववियुले झलाएका थिए ।

आक्रोशित भएको अनेरास्ववियुले हाल क्याम्पस प्रशासनलाई बाहिर निकालेर मुल गेट मै ताला लगाएको छ ।

अनेरास्ववियुले आफ्नो माग पूरा नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने बताएको छ ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]