चैत्र १६, २०८० शुक्रबार

स्ववियु : अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव हुने

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा फागुन १९ गतेदेखि अनेरास्ववियु आन्दोलित छ । तर, अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव गर्ने तयारी भइरहेको छ ।

क्याम्पसका निर्वाचन समिति संयोजक हेम खड्काले कुनै एक संगठनले बिरोध गर्दैमा निर्वाचन नरोकिने बताएका छन् ।

त्रिविको स्ववियु निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार निर्वाचन समितिले कार्यालयमा बसेर मनोनयनको काम गर्न पर्ने हुन्छ । तर, काँकरभिट्टाको निर्वाचन समितिले मैदानमा बसेर निर्वाचन कार्यक्रम अगाडि बढाइरहेको छ ।

अनेरास्ववियुले क्याम्पसको निर्वाचन कार्यालयमा ताला लागाउँदा समेत प्रशासनले निर्वाचन कार्यक्रम अगाडि बडाएकोमा एक विद्यार्थीले क्यापसको निर्वाचन समितिको गतिविधि निरङ्कुश भएको बताएका छन् ।

क्याम्पसमा आचारसंहिता सम्बन्धि विवाद भए पछि अनेरस्ववियु आन्दोलित भएको हो ।

अनेरास्ववियु आन्दोलित भए पछि क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । तर, प्रशासनले छलफलमा अनेरास्ववियुको माग सम्बोधन नगरि कार्यक्रम अगाडि बडाएकाले अनेरास्ववियु आन्दोलित भइरहेको छ ।

हाल क्याम्प प्रशासन र क्याम्पसको मुल ढोकामै ताला लागेको भए पनि निर्वाचन समितिले बाहिरै बसेर निर्वाचन कार्यक्रमलाई अगाडि बढाइरहेको ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]