चैत्र १६, २०८० शुक्रबार

बिर्तामोडमा केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण

बिर्तामोड । बिर्तामोडमा आधारभुत तह परीक्षा (कक्षा ८) को केन्द्राध्यक्षहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । बिहीबार नगरपालिकाको हलमा अभिमुखिकरण गरिएको हो ।

बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको चैत्र ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ । यसका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ ।

तोकिएका केन्द्राध्यक्ष र केन्द्रहरुमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी एजुकेशन एकाडेमी बिर्तामोड १, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड २, केशव प्रसाई महेन्द्ररत्न मावि बिर्तामोड ३, विशाल क्षेत्री लिटल फ्लावर्स ईग्लिस स्कुल बिर्तामोड ४, देवेन्द्र हुमागाई न्युटन्स एकाडेमी बिर्तामोड ५, अम्विका श्रेष्ठ देवि मावि बिर्तामोड ५, पेम्बा लामा कन्काई मावि बिर्तामोड ५,लक्ष्मण शिवाकोटी दुर्गा मावि बिर्तामोड ९ र उदय कटुवाल लालिगुराँस ईग्लिस वोर्डिङ स्कुल बिर्तामोड ८ रहेका छन् ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शान्त, व्यवस्थित र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई आग्रह गरेका छन् । उनले लाहछाप लगाइएका उत्तरपुस्तिकाहरु सीसी क्यामेराको निगरानीमा राख्नुपर्ने बताए ।

बिर्तामोड नगरपालिकाले पालिकास्तरमा यो परीक्षा पहिलो पटक सञ्चालन गर्न लागेको हो । यस परीक्षामा १ हजार २ सय ७४ छात्रा र १ हजार ३ सय ५२ छात्र गरी कुल २ हजार ६ सय २६ जना विद्यार्थी सहभागी हुने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपससचिव तिलचन भण्डारीले जानकारी दिए । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्ने कार्य नगरपालिकामा केन्द्रिकृत गरि सञ्चालन हुनेछ ।

परीक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्नका लागि दैनिक परीक्षा समिति र नगरपालिकाबाट अनुगमन गरिने शिक्षा शाखा अधिकृत दिनेश प्रसाद आचार्यले बताए । विद्यार्थी मूल्याङ्कन, परीक्षा व्यवस्थापन तथा नतिजा प्रकाशन अनिवार्य रुपमा लेटर ग्रेडिङ निर्देशिका २०७८ ९संशोधनसहित०को प्रावधान अनुसार हुने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]