बैशाख ७, २०८१ शुक्रबार

खेलाडीलाई बधाई मात्रै दिने ?

सम्पादकीय
विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ । नेपालको उत्कृष्ट प्रदर्शनका बाबजुत १२ खेलमध्ये ११ खेलमा जितेको छ । नेपाली क्रिकेटले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । वास्तवमा क्रिकेटमा खेलाडीहरुले नयाँ आशा जगाएका छन् । क्रिकेटसँगै फुटबलमा उत्तिकै सफलता मिलिरहेको छ । जस्तोसुकै उत्कृष्टता हासिल गरे पनि प्रधानमन्त्रीले बधाई मात्रै दिने हुन् । बिहीवार पनि प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएको समाचार धेरै भाइरल भयो ।

क्रिकेटमा खेलाडीको प्रदर्शनसँगै दर्शकको आकर्षण उस्तै गज्जब छ । मैदान बाहिर देखिएको उत्साहजनक सहभागिताले खेलप्रतिको जागरुपता व्यापक देखिन्छ । मैदानमा बसेर हेर्न नसकिएपछि हजारौं दर्शकहरुले वरपरको रुखमा बसेर खेल हेरे । अर्थात, खेल हेर्नका लागि आवश्यक संरचना समेत छैन । खेलाडीहरुलाई जीतपछि दिने बधाई शुभकामना एउटा औपचारिकता हो । अहिले खेलाडीलाई हौसलासँगै राष्ट्रको योगदानको खाँचो छ । क्रिकेट होस् वा फुटवल । जुनसुकै खेलमा योगदान गरिरहेका खेलाडीका लागि सरकारले आजीवन व्यवस्थापनको जिम्मेवारी लिन सक्नुपर्छ ।

नेपाल विश्वकपका लागि छनौट भएपछि सबैले बधाई दिए । प्रधानमन्त्रीले बधाई दिनु र अन्य समर्थकहरुले बधाई दिनु उस्तै हो । प्रधानमन्त्रीले खेलाडीहरुको आवश्यक व्यवस्थापनका लागि घोषणा गर्नुपर्छ । खेलाडीको पारिवारिक व्यवस्थापनदेखि सबै विषयहरुमा राज्यको लगानी आवश्यक छ । खेलाडीहरुको सम्पूर्ण व्यवस्थापन सरकारले गर्नुपर्छ । राष्ट्रका लागि खेल क्षेत्रबाट योगदान गर्ने खेलाडीलाई अब बधाई मात्र दिएर पुग्दैन । अन्य राष्ट्रहरुमा खेलाडीको सम्पूर्ण व्यवस्थापन सरकारले गरेको हुन्छ । अहिले मुलुकको राजनीतिमा कुनै आकर्षण छैन । सबैभन्दा आकर्षण भएको क्षेत्र नै खेलक्षेत्र हो । त्यसैले पनि खेल क्षेत्रमा राज्यको लगानी जरुरी छ । खेल मैदान देखि सम्पूर्ण व्यवस्थापनमा सरकारले योगदान गर्नुपर्छ ।

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]