जेष्ठ ७, २०८२ मंगलबार

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८२९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३११ र प्रदेशसभातर्फ ५१८ सांसदले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५५० सांसद मतदाता रहेका थिए ।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

सघीय संसद्‍ भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]