बैशाख १४, २०८१ शुक्रबार

विद्यार्थी प्रतिनिधि छान्ने अवसर

सम्पादकीय
झापाको गरामनी क्याम्पसले स्ववियु सभापति पाइसकेको छ । अनेरास्ववियुले मात्रै मनोनयन दर्ता गरेपछि क्याम्पसले सर्वसम्मत भएको घोषणा गरिसक्यो । अब, जिल्लाका १३ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुदैछ । निर्वाचन तालिका अनुसार अहिले मौन अवधि जारी छ । क्याम्पसका विद्यार्थीहरु मौन अवधिको प्रयोग गर्दै आन्तरिक भेटघाटमा व्यवस्त छन् । निर्वाचनमा आफ्नो संगठनको विजयीका लागि सोही अनुसारको तयारी जारी छ । भोली देशभरका त्रिवि क्याम्पसहरुमा हुने निर्वाचनले २ वर्षका लागि विद्यार्थीको प्रतिनिधि चयन गर्दैछ ।

स्ववियु निर्वाचन अन्य निर्वाचनभन्दा फरक छ । संघ, प्रदेशको निर्वाचनमा मत प्रभावित बनाउने अनेक फोहोरी विधिहरु छन् । जसको प्रयोग विद्यार्थीको निर्वाचनमा हुन सक्दैन । र, जसले यो विधिलाई अवलम्बन गर्छ, त्यो विद्यार्थीको हितमा छैन । संघ, प्रदेशको निर्वाचनमा मत प्रभावित गर्न मादकपदार्थको व्यवस्था समेत गरेको सुन्न पाइन्छ । गरिव, विपन्न परिवारमा दलका प्रतिनिधिहरु पुगेर भोज नै गर्ने गरेको समाचार सार्वजनिक भएकै हुन् । तर, विद्यार्थीको बीचमा यस प्रकारको गतिविधि हुनुहुदैन । यदि भइहाल्यो भने सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

स्ववियुको जिम्मेवारीमा शैक्षिक मुद्धा छन् । स्ववियुको जिम्मेवारीमा विद्यार्थीका सवालहरु छन् । स्ववियुले बाटो, पुल, भवन बनाउने होइन । क्याम्पसभित्रको शैक्षिक वातावरण राम्रो बनाउने हो । विद्यार्थीहरुका लागि सुविधाहरु ल्याउने हो । विद्यार्थीलाई पठनपाठनमैत्री वातावरणमा सहयोग गर्ने हो । त्यसैले स्ववियु निर्वाचनमा विद्यार्थी मतदाताहरुले स्वविवेक प्रयोग गर्नुपर्छ । अहिले केहि तडकभडकको पछि लागियो भने २ वर्ष व्यर्थमा जानेछ । त्यसैले विद्यार्थी प्रतिनिधि छनौटमा विशेष ख्याल गरौं । स्ववियुको मर्म र भावनालाई ख्याल गरी मतदान गरौं ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]