मंसिर १६, २०८० शनिबार

भद्रपुरमा कपडाको अवैध गोदाममा प्रहरीको छापा

भद्रपुर । भद्रपुरमा दर्ता बिनाको गोदाममा राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर– ८ स्थित गणेश मन्दिर नजिकै मोहम्मद अफरोजको घरको एउटा कोठामा राखिएको ८ पोका कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

स्थानीय दीपेश कामतीले आवश्यक कानुनी प्रक्रिया अर्थात् आन्तरिक राजश्व कार्यालय वा भद्रपुर नगरपालिकामा गोदाम दर्ता नगरी अफरोजको सटर भाडा लिएर लत्ताकपडाको कारोबार गर्दै आइरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले शक्रुबार बेलुका साढे ७ बजे छापा मारेको थियो ।

प्रहरीले गोदाममा छापा मारेर ५ पोका कपडा र ३ पोका झुल बरामद गरेको डीएसपी रिजालले बताए ।
प्रहरीले छापा मार्दा सम्बन्धी समान धनी कामतीले गोदाममा फेला परेको समानको आधिकारिक कुनै कागजात देखाउन नसकेपछि सो सामान अवैध भन्दै जिल्ला लगिएको थियो ।

पछिल्लो समयमा भद्रपुर- ५ स्थित दोभान, गणेश मन्दिर पूर्व र कालीका-टी स्टेटको नाकाबाट अवैध रुपमा लत्ताकपडा भन्सार छलेर नेपाल भित्रिरहेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । सोही नाकाबाट सो सामान ल्याएर गोदाममा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय नकालबन्दाबाट खटिएको संयुक्त प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा मेचीनगर नगरपालिका ५ राजवंशी टोल बस्ने काली चरणको घरबाट विभिन्न किसिमको कस्मेटिक सामान बरामद गरेको छ । सो सामान नेपालबाट अवैध रुपमा भन्सार छलेर भारत तर्फ लैजान त्यहाँ राखिएको थियो । बरामद गरिएको ८ पोका कपडा र कस्मेटिक सामानको ८ लाख ५० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ३ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]