मंसिर १६, २०८० शनिबार

झापाका नौं क्याम्पसमा चुनाव जित्ने अनेरास्ववियुको दावी

बिर्तामोड । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापामा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले पुरानो बिरासत फर्किने माहोल बनाएको विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले सबै क्याम्पसको विष्लेषणका आधारमा उक्त दावी गरेको जनाए ।

झापामा १३ वटा क्याम्पसले स्ववियु चुनाव गर्ने तयारी गरेका थिए । तर, काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवादले निर्वाचन सरेको छ भने गरामनी बहमुखीमा अनेरास्ववियु सर्वसम्मत भइसकेको छ । भोली ११ वटा क्याम्पसमा मात्र निर्वाचन हुने भएको । जसमध्ये नौ वटा क्याम्पसमा अनेरास्ववियुले जित निकाल्ने दावी गरेको छ ।

अध्ययनले भन्छ, ‘मेची बहुमुखी, गौरादह कृषि, सितारमेश, गौरीगञ्ज बहुमुखी, गौरादह बहुमुखी, दमक बहुमुखी, कनकाई बहुमुखी सुरुङ्गा, इन्द्रचन्द्र क्याम्पस र त्रिदेव बहुमुखी क्याम्पस गरेर नौ वटा क्याम्पसमा अंक गणित र माहोल अनेरास्ववियुको पक्षमा देखिएको छ ।’

कनकाई आदर्श क्याम्पस बिर्तामोड र शनिश्चरे बहुमुखी क्याम्पस राम्रै प्रतिष्पर्धा हुने बुझिएको छ । गौरादह बहुमुखी क्याम्पसमा सर्वसम्मतीको प्रयास भइरहेको स्रोतको दावी छ ।

 

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]