बैशाख ११, २०८१ मंगलबार

एमालेको मिसन ग्रासरुट

सम्पादकीय
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले जनताको बीचमा राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । मुलतः संगठन सुदृढिकरण एवम् विस्तारको अभियान सञ्चालन गरिरहेको एमालेले आन्तरिक समीक्षालाई जोड दिनेछ । मिसन ग्रासरुट हरेक एमाले शुभेच्छुकसम्म पुग्ने प्रभावकारी अभियानको रुपमा लिइएको छ । एमालेलाई गाली गर्ने र प्रशंसा गर्ने दुवैलाई एकै ठाउँ राखेर छलफल गर्ने अभियानको रुपमा रहेको मिसन ग्रासरुट अभियानले आन्तरिक पार्टी जीवनमा सुधार ल्याउने निश्चित छ । फागुनको पहिलो साता घोषणा भएको अभियान बैशाखको पहिलो सातासम्म सञ्चालन हुनेछ ।

राष्ट्रप्रमुखदेखि तल्लो तहसम्मको सरकारमा नेतृत्व गरेको नेकपा एमाले अहिले शक्तिविहिन छ । राजनीतिक शक्तिका हिसावले बलियो एमाले संसदीय मोर्चामा अहिले घरावन्दीको सामना गरिरहेको छ । यसैबीच जनताको बीचमा एमाले आफ्नो गल्ती कमिकमजोरी सच्याउन पनि यो अभियानको उपयोग गर्ने सोचमा छ । एमालेलाई कसरी बलियो बनाउनेदेखि एमालेका कमिकमजोरी के हुन् ? खोज्दै ग्रासरुट सञ्चालनमा छ । अब, एमाले कार्यकर्ताले भरपुर सल्लाह र सुधारका निमित्त सूझाव दिन आवश्यक छ । पार्टीमा आन्तरिक छलफल भए मात्रै संगठन थप रचनात्मक बन्ने हो ।

हरेक राजनीतिक दलहरुले यस प्रकारको अभियान सञ्चालन गर्नुपर्छ । सबै राजनीतिक दलहरुमा धेरै सुधारको खाँचो देखिन्छ । नेताहरु अधिकतम सुविधा भोगको बाटोमा देखिन्छन् । आम नागरिक, पार्टी सदस्यहरुको जीवन अझै कष्टपूर्ण छ । नेताले तल्लो तहमा जनताको समस्या हेरिरहेका छैनन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुटमा नेताहरुले जनताको समस्यालाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाएका छन् । यो अभियानले जनताको जनजीवीकामा देखिएका समस्या समाधानमा रचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ । अभियानका लागि अभियान मात्र होइन, यस अभियानले परिणाम प्राप्त गर्न सक्नुपर्छ । पार्टीभित्रको गल्तीहरुलाई सुधार गर्न नेता नेतृत्वमा सुधार आउन जरुरी छ । यसैले अभियान एमाले सच्याउने विधि बन्न सकोस् ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]