बैशाख ६, २०८१ बिहीबार

झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित

बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो ।

अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित भएका छन् । उनले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत प्राप्त गरेका छन् ।
यस्तै, सचिवमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका पूर्ण बहादुर रानाले १३८ प्राप्त गर्दै निर्वाचित भएका छन् भने प्रतिद्वन्दी अनेरास्ववियु क्रान्तिकारीका दिवस पंथीले ९२ मत प्राप्त गरे । कोषाध्यषमा अनेरास्ववियुकी झरना सुवेदी १३९ मतसहित निर्वाचित भएकी छन् भने प्रतिद्वन्दी नेविसंघको उम्मेदवार दिपिका खनालले ८७ मत प्राप्त गरिन् ।

सदस्यहरुमा अनेरास्ववियुका मनिष राई १४२, सनिता बस्नेत १२३, रिकिता चौधरी १३९, सविन कटुवाल १२७ र प्रकाश पौडेल १३० मतसहित निर्वाचित भएका छन् । कृषि क्याम्पसमा २३६ मतमध्ये २२९ मत खसेको थियो ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]