बैशाख २०, २०८२ शनिबार

गौरीगञ्ज क्याम्पसको सभापतिमा अनेरास्ववियुका हुसेन निर्वाचित

बिर्तामोड । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन निर्वाचित भएका छन् । उनी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्धी नेविसंघका रोशन यादवले ६८ मत प्राप्त गरेका छन् ।

 

गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको  छ ।

सचीवमा अखिलको उम्मेदवार निर बहादुर प्रधानको १०८ मत आउँदा नेविसंघको उम्मेदवार ७८ आएको छ । साथै कोषाध्यक्षमा अखिलले उम्मेदवार निरज मन्जीले १०४ प्राप्त गर्दा नेविसंघका उम्मेदवारले ८२ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यहरुमा ममता कुमारी राजवंशी, समिक्षा कटुवाल र कृष्ण प्रसाद मन्माई निर्वाचित भएका छन्

प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]