बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षीको रंगेथान सडक कालोपत्रे

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित रंगेथान सडक कालोपत्रे भएको छ ।
शिवसताक्षी नगरपालिकाले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने ४५० मिटर सडक कालोपत्रे भएको हो ।
नगरपालिकाबाट विनियोजित २६ लाख ९३ हजार २३४ रुपैयाको लागतमा उक्त सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।

नगरपालिकाले रिङ्गरोडको अवधारण ल्याएपछि नगरका दक्षिणी क्षेत्रहरु अरुतिरको तुलनामा धरै नै कालोपत्रे भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । नगरले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने सडक कालोपत्रे गरिएको छ । उनले भने, प्राय नगरका सबै बाटाहरुमा ग्राभेलको काम सकिएको छ। अब क्रमिक रुपमा नगरभित्रका सडकहरु प्राथमिकताका आधारमा कालो पत्रे गर्दै लगिने छ । रिङ्गरोड अन्तरगत कै दोमुखा सडक पनि कालो पत्रे गर्न धमाधाम काम भइरहेको नगरप्रमुख थोप्राले बताए ।

रंगेथान सडकको कालोपत्रे ४५० मिटर लम्बाई ३.५ मिटर चौडा रहेको छ । सडकको नगरपालिकाको टोलीले अनुगमन गरिसकेको वडा नं. ४ का अध्यक्ष विष्णु प्रसाईले बताए । अध्यक्ष प्रसाईको अनुसार वडा नं. ४ को पाथिभरा प्रा.वि.बाट बोलोचोक जोड्ने भित्री १० लाखको लागतमा १४०० मिटर ग्राभेल गरिएको छ । त्यस्तै प्रहरी चौकी जाने सडक ६ लाखमा ९०० मिटर ग्राभेल लगायत चालु आ.व.मा हालसम्म ७ कि.मी. सडक स्तरोन्नती गरिएको छ । वडा कार्यालयका अनुसार त्रिभुवन मा.वि. मा चार कोठे भवन निर्माणधिन अवस्थामा रहेको छ, भने प्रदेश सरकारबाट विनियोजित बजेटबाट १५ लाखको लागतमा बोलोचोक बजारमा ढलसहितको टहरा निर्माणाधिन अवस्थमा रहेको वडाध्यक्ष प्रसाईले जानकारी दिए । उनले बैशाखसम्ममा सडक तथा अन्य निर्माणको कामहरु सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]