बैशाख १५, २०८१ शनिबार

अनुदान कटौती विरुद्ध दुधेमा किसानको प्रदर्शन

शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । नेपाल किसान महासंघ, अखिल नेपाल किसान संघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले झण्डा र प्लेकार्ड सहित दूधे बजार परिक्रममा गरेर कोण सभा गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान संघ केन्द्रिय परिषद सदस्य धनबहादुर थेवेले नेपाललाई कृषिमा आत्मानिर्भर बनाउन किसानहरुले खेतमा गरेको संघर्षलाई लत्याउँदै अनुदान काटिनु विडम्बना भएको बताए । एउटा किसानले उत्पादन गरेको बस्तुहरुको मूल्य अत्यन्त कम मात्रै उत्पादन गर्ने किसानले पाउँने गर्छ यस्तो अवस्थामा पनि सरकाले दिंदै आएको अनुदान काट्न भनेको किसानलाई सिँधे फासी दिनु सरह भएको बताए ।

त्यस्तँै कोण सभालाई सम्बोधन गर्दै नेपाल किसान महासंघ झापा जिल्ला कार्यसमि िसभापति राजेन्द्र भट्टराईले मलमा दिएको अनुदान काटेर सरकरले कुन क्षेत्रमा लगानी गर्र्यो भन्दै प्रति प्रश्न गरे । उनले नेपालको पूर्व मेची देखि महाकाली सम्मका ७५ प्रतिशत कृषकलाई सरकारले अनुदान दिन सक्दैन भने, त्यसको विरुद्ध किसानहरु एक भएर लाग्ने बताए ।

कोषणसभा बोल्ने अधिकांश बक्ताहरुले सरकारले गरेको मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको थिए ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]