बैशाख ११, २०८१ मंगलबार

झापामा स्ववियु परिणाम : अनेरास्ववियु पाँच, नेविसंघ चार क्याम्पसमा विजयी

बिर्तामोड । झापामा आइतवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अन्तिम परिणाम सार्वजनिक गरिसकेका क्याम्पसहरुमा अनेरास्ववियु अगाडि देखिएको छ ।

हालसम्म अनेरास्ववियुले जिल्लाका पाँच वटा क्याम्पसमा जित निकाली सकेको छ भने नेविसंघले चार वटा क्याम्पसमा विजयी हासिल गरिसकेको छ ।

गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने कनकाई बहुमुखी सुरुङ्गा, सितारमेश बहुमुखी क्याम्पसमा अध्यक्ष, सचिवसहित केही धेरै सदस्य जितेको छ ।

गौरादह कृषि क्याम्पसको अध्यक्षमा विक्रम तिवारी, गौरीगञ्ज बहुमुखी क्याम्पसको अध्यक्षमा इस्तव हुसेन, कनकाई बहुमुखी सुरुङ्गाको अध्यक्षमा चेतन आचार्य, सितारमेश बहुमुखी क्याम्पसको अध्यक्षमा प्रदिप बर्देवा निर्वाचत भएका छन् । त्यसैगरी गरामनी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल सर्वसम्मत निर्वाचित भइसकेको छ ।

यसै गरी नेविसंघले कनकाई आदर्श क्याम्पस बिर्तामोडमा प्यानलसँगै जितेको छ । नेविसंघका तर्फबाट त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा अर्जुन गौतम, शनिश्चरे बहुमुखी क्याम्पसको अध्यक्षमा विशाल थापा, कनकाई आदर्श क्याम्पस बिर्तामोडको अध्यक्षमा किरण गुरुङ र इन्द्रचन्द्र क्याम्पसको अध्क्षमा पवन दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी झापाको ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पसको अध्यक्ष र सचिव पदमा अनेरास्ववियु अगाडि रहेको छ । मेचीमा मत गणना चलिरहेको छ । दमकमा अनेरास्ववियु र नेविसंघ बीच तीब्र प्रतिष्पर्धा चलिरहेको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]