चैत्र १६, २०८० शुक्रबार

एक अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात

काठमाडौं । पछिल्ला तीन महिनामा तिहार लक्षित पाँच अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको छ ।

सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो एक अर्ब ३४ करोड रुपैंयाँले बढी हो ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैंयाँको तिहार सामाग्री आयात भएको थियो । ती सामाग्री, भारत, चीन, थाइल्याण्ड, अमेरिका, क्यानाडालगायतबाट आयात भएको विभागले जनाएको छ ।

सबैभन्दा बढी स्याउको आयात भएको छ । तीन महिनाको अवधीमा एक अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात भएको छ । अघिल्लो बर्षको तिहारमा एक अर्ब ७२ करोड रुपैंयाँको स्याउ आयात भएको तथ्यांकमा छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]