बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा दलित समुदायका ज्येष्ठ नागरिकलाई एमालेको सम्मान

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ५८ औं अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

नगर कमिटीले आज बिर्तामोडस्थित पार्टी कार्यालयमा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई, सम्मानपत्रसहित सम्मान गरेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले समाजमा जातीय भेदभाव ठुलो समस्याका रुपमा रहेको बताए । उनले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
अध्यक्ष कार्कीले नेपाली समाज धेरै समस्याहरुबाट ग्रसित रहेको भन्दै उनले समाधानमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे । एमालेको जारी मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा कार्कीले भने, ‘सधैंको लागि भेदभाव अन्त्य गर्न व्यवहारमै परिवर्तन आउनुपर्छ । परिवर्तनका लागि आफैबाट सुरुआत गर्नुपर्छ ।’ नेपाली समाजका सबै समस्याहरु समाधान गरी सुन्दर समाज निर्माणको दायित्व समेत एमालेको काँधमा रहेको भन्दै उनले पार्टी नेतृत्व तह यसप्रति सचेत रहेको बताएका छन् ।

नगर कमिटी अध्यक्ष सुवास भट्टराईको अध्यक्षमा सम्पन्न कार्यक्रममा मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, पार्टीका नेताहरु बद्री भट्टराई, गोपाल लकान्द्री, पुष्पा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]