बैशाख २६, २०८१ बुधबार

बिर्तामोड नगर अस्पताललाई मेडिसिन ट्रली सहयोग

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।

फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली ९क्रास कार्ट० सहयोग गरेको हो ।

मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर मेयर पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मुल्य पर्ने ट्रली हस्तान्तरण गर्नु भएको हो ।
बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ संस्थाहरुबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ । यस अघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन अस्पताललाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]