बैशाख ४, २०८१ मंगलबार

विन्ध्याबासिनी सिंहदेवी मन्दिरमा सप्ताह ज्ञान महायज्ञ

इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ भाङबारी स्थित विन्ध्याबासिनी सिंहदेवी मन्दिरमा रामनवमीको अवसर पारेर यही चैत १० गते देखि १६ गतेसम्म ७ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

मन्दिर समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले जानकारी गराएका हुन् । जोशीका अनुसार राधाकृष्ण मन्दिर निर्माण ,अक्षयकोष, भूमिदानको निरन्तरता साथै मन्दिरको बृहत विकासका लागि रामनवमीका दिन समापन हुने गरि महायज्ञको आयोजना गरिन लागेको हो । अक्षयकोष १ करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषबाट आएको ब्याजले स्थानीय गरीब –दुःखीहरु बिमारी हुँदा औषधि उपचार गर्नमा सहयोग गर्ने बताइएको छ । कथा वाचक राधिका दासी रहने महायज्ञमा नवाह सप्तसती चण्डीपाठ कार्यक्रमहरु गरिने भएकोले भक्तजनहरुको अमुल्य सरसहयोग र सुझावको अपेक्षा समेत गरिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि २० लाख रुपैयाँ खर्च लाग्ने र पुराणबाट लगभग ५० लाख रुपैयाँ रकम संकलन हुने अनुमान गरिएको छ ।

सप्ताहव्यापी ज्ञान महायज्ञ सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभागीय उपसमितिहरु गठन गरिएको छ । जस अनुसार चिरञ्जीवी शिवाकोटीको संयोजकत्वमा आर्थिक तथा गल्ला परिचालन समिति, एकदेव खनालको संयोजकत्वमा प्रचारप्रसार समिति, मनोज जोशीको संयोजकत्वमा स्वागत अतिथि सत्कार तथा व्यवस्थापन समिति ,रोशन बस्नेतको संयोजकत्वमा स्वास्थ्य सेवा समिति, समिर निरौलाको सुरक्षा तथा पार्किंङ व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै, नरमाया थापाको संयोजकत्वमा पूजा समिति ,याम खत्रीको संयोजकत्वमा चण्डीपाठ समिति, प्रेम बहादुर कार्कीको संयोजकत्वमा रात्री भजन किर्तन व्यवस्थापन समिति ,गोपाल राउतको संयोजकत्वमा खाद्यन्न विभाग , मनोरथ शिवाकोटीको संयोजकत्वमा मण्डप व्यवस्थापन समिति, दशरथ गौतमको संयोजकत्वमा धान्याचल समिति र नेत्र प्रसाद गुरागाईको तुलादान समिति गठन गरिएको छ । अध्यक्ष जोशीको सभापतित्व तथा समितिका सचिव एकदेव खनालको सञ्चालन रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल, अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्नि प्रसाद सिग्देल धारणा राखेका थिए ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]