बैशाख ७, २०८१ शुक्रबार

अन्तिम राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

दमक । राप्रपाका शीर्ष नेताहरुले शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले भेटेका हुन् ।

पछिल्लो समय राप्रपासँग शाह असन्तुष्ट रहेको समाचार आइरहेका बेला दमकमा रहेको उनको निवासमै पुगेर राप्रपाका शीर्ष नेताले अन्तिम राजासँग भेटवार्ता गरेका हुन् ।

निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा गएको भन्दै पूर्वराजा शाह असन्तुष्ट रहेको समाचारहरु आइरहेको थियो ।

राप्रपाले हिन्दु राष्ट्र पुनः स्थापना, संवैधानिक राजतन्त्र स्थापनालगायतको एजेन्डा लिएर संसदमै बोल्दै आएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बहिष्कार गरेपछि पूर्वराजा शाहले राप्रपासँग सम्बन्ध सुधार गरेको स्रोतले बतायो ।

केही समय अघि दुर्गा प्रसाईको अभियानमा समेत शाह सरिक भएका थिए ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]