बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडमा सभामुख घिमिरेको सम्पर्क कार्यालय उद्घाटन

बिर्तामोड । सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र स्तरीय सम्पर्क कार्यालय बिर्तामोडमा उद्घाटन गरिएको छ । सभामुख घिमिरेले बुधबार एक कार्यक्रमकाबीच सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

सभामुख घिमिरेको सम्पर्क कार्यालय बिर्तामोडस्थित कनकाई रोडमा उद्घाटन गरिएको छ । निर्वाचन क्षेत्रका नागरिकसँग आवश्यक समन्वयका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

झापा -२ बाट निर्वाचित घिमिरेले नागरिकको विकास योजनाहरुलाई संकलन गर्ने, कार्यक्रमहरु कार्यान्वयनका लागि आवश्यक समन्वयका लागि कार्यालय स्थापना गरिएको जानकारी दिएका हुन् । सभामुख घिमिरेले भने, काम लिएर मलाई भेट्न काठमाडौं नै आउनुपर्छ भन्ने हुदैन, सम्पर्क कार्यालयबाट समन्वय गर्दै नागरिकलाई सेवा दिन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

सम्पर्क कार्यालयमा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य देवराज घिमिरे, झापा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभाका सदस्य एकराज कार्की, झापा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश सभाका सदस्य चिन्तन पाठक, समानुपातिकबाट प्रतिनिधि सभाका सदस्य हर्कमाया विश्वकर्मा र समानुपातिकबाट प्रदेश सभाका सदस्य कमला थापा मगरको संयुक्त सम्पर्कस्थल बन्ने जनाइएको छ ।

नागरिकको तहबाट कतिपय कामहरु तत्कालै गर्न पाइयोस् भन्ने चहाना हुँदाहुँदै भेटघाट, समन्वय नहुँदा समस्या हुने भएकाले सहजताका लागि कार्यालय सञ्चालनमा ल्याइएको बताइएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]