जेष्ठ ३, २०८१ बिहीबार

उत्खननमा हाम्रो संलग्नता छैन : सापकोटा, पोर्तेल

हल्दिवारी । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलले ढुंगा–गिटी उत्खनन्मा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सोमवार प्रेस विज्ञप्ति सार्वनिक गर्दै उनीहरुले आफ्नो संलग्नता नरहेको जानकारी गराएका छन् ।


केही दिनदेखि सडक बनाउन उत्खनन् गरिएका ढुंगा–गिटी अन्यत्र फेला परेको भन्ने विषयमा आफुहरुलाई लागेको आरोप गलत भएको दावी गरेका छन् । ठेकदारहरुसँगको मिलेमतोमा देवनिया खोलाबाट गिटी, बालुवा उत्खनन् गरी हल्दीबारी–१, सापडिक्री खोला छेउमा ग्राभेल थुपारेर राखेको भन्ने कुरा हामी थाहा छैन, सापकोटाले भने ।


चरित्र हत्या गर्ने षडयन्त्रले चर्चा गरिएको भन्दै उनीहरुले उपसमिति मार्फत देवनिया र हर्चना खोलाबाट (आईईई) प्रतिवेदनमा स्वीकृत भए वमोजिमको स्थान र परिमाण वमोजिम ढुंगा, गिटी उत्खनन् गर्ने र स्थानीय सडकमा ग्राभेल गर्ने निर्णय गरेको जानकारी दिए ।


उनीहरुका अनुसार सो स्थानमा उपसमिति सहित अनुगमन गर्दा पूर्ववत रुपमै उत्खनन भइरहेको पाइएको थियो । गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष र प्रशासकीय अधिकृत रहेको समन्वय एवंम् सहजीकरण समितिको निर्देशनमा वडा नं २ र भेलागढी आसपास ग्राभेल गर्ने भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई उत्खनन्को अधिकार दिइएको बताइएको छ,
ठेकेदारसँग मिलेमतो रहेको पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]