बैशाख २०, २०८१ बिहीबार

अध्यक्ष ओली आज झापा आउँदै, भोली पार्टी कार्यकर्तालाई प्रशिक्षण

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउदै हुनुहुन्छ । दिउसो १ बजे भद्रपुर हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष ओली आज दमक स्थित आफ्नै निवासमा बस्नुहुनेछ ।

थापाका अनुसार भोली मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोली नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ । यसैगरी झापा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरु जानकारी गराउने तयारी गरेका छन् । एमजीआरमा कार्यकर्ताहरुले राखेका जिज्ञासा,समस्या आदिका बारेमा पार्टी अध्यक्षलाई जानकारी गराइने जिल्ला सचिव शिव ढुंगेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]