जेष्ठ ५, २०८१ शनिबार

मेचीनगरका वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इ–हाजिरी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ–हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ–हाजिरी सिस्टमको निरीक्षण गरी विधिवत उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोक कुमार भेटवाललगायतको उपस्थिति रहेको थियो ।

मेचीनगरलाई प्रविधिमैत्री बनाउने उदेश्यले नगरका १५ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इ–हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ । नागरिकलाई सहज रुपमा समयमा नै सेवा प्रदान गर्न इ–हाजिरीले सहयोग पुग्ने नगरपालिका कार्यालयले जनाएको छ । नगरका १५ वटै वडा, स्वास्थ्य संस्थासँगै अहिले पहिलो चरणमा काँकडभिट्टा मावि मेचीनगर ६ र सहिद दशरथचन्द मावि चारआली मेचीनगर १३ मा समेत इ–हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ ।

कर्मचारी समयमा नै कार्यालय आउने र कार्यसम्पादन गर्ने गर्दा आम नागरिकले अनावश्यक सास्ती व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख बुढाथोकीले बताए । उनले नगरबासीको सहजताको लागि चाडै नै अनलाइनबाट घरमा नै बसीबसी राजस्व तिर्ने व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको बताए । उनले अब छिट्टै अनलाइन सेवाबाट नगरपालिका र वडाबाट उपलब्ध हुने सिफारिस लगायतका सेवाहरू उपलब्ध गराउने कार्य अगाडि बढिसकेको बताए ।

प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]