जेष्ठ ६, २०८१ आईतबार

गुणस्तरीय शिक्षामा ध्यान दिऊ

सम्पादकीय

तीन तहको सरकार बनेपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु प्रायः भौतिक पूर्वाधारको निमित्त बेजोड लागे । पहिलो कार्यकालमा स्थानीय तह, प्रदेश सरकारले सामुदायिक विद्यालय विकासको निमित्त राम्रै लगानी गरेको तथ्याङक पाइन्छ । जसको परिणाम स्वरुप, विद्यालयहरु भौतिक रुपमा व्यवस्थित भएका छन् । विद्यालयहरुका शौचालय, खानेपानीको दुर्दशा थियो । अहिले हरेक विद्यालयहका खानेपानी, शौचालयहरु व्यवस्थित भएका छन् । कतिपय विद्यालयहरुले आवश्यक व्यवस्थापन गर्न नसक्दा अव्यवस्थित भएका छन् ।

स्थानीय तहहरुले विद्यालयहको भौतिक पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम गरे । त्यसको परिणाम पनि देखिन थालेको छ । त्यै पनि कतिपय प्रधानाध्यापकहरु अहिले पनि झोला बोकेर पालिका–पालिका धाउन छोडेका छैनन् । विद्यालयमा पठनपाठनलाई नै छोडेर झोला बोक्दै हिडडुल गर्ने काम हद भइसकेको छ । प्रअहरुले अब विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन जरुरी देखिएको छ । भौतिक पूर्वाधारको सवालमा पालिकाहरुले नै ध्यान पूर्वक काम गरिरहेको हुनाले धेरै दौडधुप जरुरी देखिदैन ।

प्रधानाध्यापक हरेक दिन कामले पालिका हिडेपछि अन्य शिक्षक, कर्मचारीको लापरबाही वृद्धि भइहाल्छ । विद्यालयहरुमा प्रअ नै अव्यवस्थित भएपछि अन्य शिक्षक कर्मचारी जिम्मेवार पूर्वक काम गर्दैनन् । यसैले अब, प्रअहरुले विद्यालयहरुमा शैक्षिक परिणाम निकाल्ने गरी मेहनत गर्ने वातावरण तयार गर्नुपर्छ । मेहनत नगरे भौतिक पूर्वाधारमा गरिएको लगानी पनि व्यर्थ हुन्छ । विद्यालयहरुमा पालिकाहरुले शैक्षिक गुणस्तर सुधारमा पनि ठुलो लगानी गरेका छन् । त्यसको सदुपयोग गर्दै प्रअहरुले कुशलतापूर्वक भूमिका निर्वाह गर्नुपर्छ । सामुदायिक विद्यालयहरुलाई आम अभिभावकको रोजाई योग्य विद्यालय बनाउन सक्नुपर्छ ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]