बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षीमा ६९.८ प्रतिशतले खाए हात्ती पाइले विरुद्धको औषधि

शिवसताक्षी । झापाको शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् ।
शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरु गरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइले विरुद्धको आम औषधि सेवन गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

जसमा वडा नं। १ मा ३ हजार ७७१, वडा नं। २ मा ३ हजार ९६६, वडा नं। ३ मा ३ हजार १९९, वडा नं। ४ मा ३ हजार ८२१ जनाले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । त्यसैगरी वडा नं। ५ मा ३ हजार २२८, वडा नं। ६ मा ३ हजार ६०३, वडा नं। ७ मा ६ हजार ८४, वडा नं। ८मा ७ हजार २०६, वडा नं। ९ मा ४ हजार ६०६, वडा नं। १० मा ५ हजार २५३ र वडा नं। ११ मा ७ हजार ४०० जनाले हात्ती पाइलेको औषधि सेवन गरेको शिवसताक्षी नगरपालिका स्वाथ्य शाखा प्रमुख हरि विमलीले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकामा ७४ हजार ३६६ जनसंख्या मध्ये ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाले फागुन ११ गतेदेखि १६ दिने अभियान सञ्चालन गरेर नगर भरीका नागरिकलाई हात्ती पाइलेको औषधि खुवाएको थियो ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]