जेष्ठ ३, २०८१ बिहीबार

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता :  बिर्तामोड र बाह्रदशीको बिजयी सुरुवात

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाले विजयी सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक बिर्तामोडले विजयी सुरुवात गरेको हो ।

खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रीक गरे । उनले खेलको ९औं मिनेटमा टिमका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए । त्यसअघि खेलको पहिलो हाफको चौथो मिनेटमा बिर्तामोडका लागि कप्तान राम बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको १३ औं मिनेटमा चुनु सोरेनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ औं मिनेटमा थप एक गोल गर्दै ह्याट्रीक पुरा गरे ।

कचनकवलका लागि भने खेलको १८ औंं मिनेटमा महेन्द्र राजवंशीले एक गोल गरेका थिए । उसका लागि २४ औं मिनेटमा प्रकाश घिमिरेले थप एक गोल गरे । खेलमा कचनकवलका लागि पहिलो गोल कर्ता राजवंशीले पँहेलो कार्ड पाएका थिए ।

बिर्तामोडका लागि ह्याट्रीक गर्ने खेलाडी चुनु सोरेन खेलको म्यान अफ दी म्याच चुनिए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले पुरस्कार प्रदान गरिन् । बिर्तामोड नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

त्यस्तै प्रतियोगिता अन्तगर्त भएको दोस्रो खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशीका लागि पहिलो हाफको तेस्रो मिनेटमा टिक कप्तान प्रदिप श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ९ औं मिनेटमा सन्त कुमार श्रेष्ठले बाह्रदशीका लागि दोस्रो गोल गरे । बाह्रदशीका लागि खेलको इन्जुरी समयमा कैलाश डोमले तेस्रो गोल गरेका थिए ।

खेलमा अर्जुनधाराको कर्मचारीको टिमले भने कुनै पनि गोल गर्न सकेन । पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको अर्जुनधाराले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि गोल स्कोर भने गर्न सकेन् । खेलमा बाह्रदशीका लागि तेस्रो गोल गर्ने कैलाश डोम म्यान अफ दि म्याच चुनिए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई पूर्व कर्मचारी तथा सामाजिक व्यक्तित्व देवराज कार्कीले पुरस्कार प्रदान गरेका थिए । चैत्र २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]