जेष्ठ ६, २०८१ आईतबार

कोशी स्वीकार गरौं

सम्पादकीय
पहिचानबादीहरुले प्रदेशको नामाकरणमा असन्तुष्ट जनाउदै आन्दोलनलाई थप चर्काउने योजना बनाएका छन् । आन्दोलनका क्रममा एक जना पहिचानबादीको निधन नै भइसकेको छ । कोशी प्रदेश नामाकरणपछि देखिएको असन्तुष्टि आन्दोलनमा रुपान्तरण भइरहेको छ । यसलाई अस्वभाविक मान्न सकिन्न । स्वभाविक रुपमा पहिचान पक्षधरहरुले पहिचानको मुद्धालाई उठाउने नै हो । ६ वटा प्रदेशको नामाकरण हुँदा पनि यो प्रदेशले नाम पाउन सकेको थिएन । संघीयतामा प्रदेशले नाम समेत पाउन नसक्नु विडम्बना थियो । मुख्यमन्त्री हिक्मत कार्कीले सबैको सहमतिमा नामाकरण गर्न सफल भए ।

प्रदेश १ अहिले कोशी प्रदेशका रुपमा नामाकरण भइसकेको छ । प्रदेशसभाले नीति, प्रक्रिया पुरा गरेरै नामाकरण गरेको हो । प्रदेशमा बहुमत पुराएर गरिएको नामाकरणलाई स्वीकार गर्नुको विकल्प पनि छैन । जनताबाट निर्वाचित प्रतिनिधिहरुले सहमतिमा राखेको नाममा धेरै प्रश्न नउठाऔं । किनभने, पहिचान प्रदेशको नाममा सिमित गर्न हुदैन । पहिचान एउटा प्रदेशको नाम राख्दैमा रहने र नराख्दा नहरने भन्ने किमार्थ हुन सक्दैन । यसैले नामको सवालमा आन्दोलन गरेर संभावित दुर्घटनाहरुलाई रोक्न अपरिहार्य छ ।

खासगरी माओवादीले तत्कालिन समयमा पहिचानका आधारमा नाम राख्ने घोषणा गरेकै हो । कोचहरुलाई कोच प्रदेश बनाउने भनेको माओवादीले लिम्बुहरुलाई लिम्बुवान बनाउने घोषणा गरेको थियो । किरातहरुलाई किरात प्रदेश बनाउने आश्वासन दिएको थियो । त्यै माओवादीले प्रदेशको नामाकरणमा कोशीमा सहमति जनायो । वास्तवमा राजनीतिमा संभावना रहेका कुरा गर्नुपर्छ । त्यो बेला आश्वासन मात्रै बाँढेको कारण पनि अहिले आन्दोलन चर्किएको हो । अब, आन्दोलन नगरौं । कोशी प्रदेशले सबैलाई सम्बोधन गर्छ । कोशी प्रदेश नामाकरण हुँदा कुनै जातजातिलाई जनाउदैन । यो साझा हो । कोशी सबैको हो । कोशीलाई स्वीकार गरेर जाऔं ।

प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]