जेष्ठ ३, २०८१ बिहीबार

सहारा नेपालले हाफ म्याराथन गर्दै, प्रथम पुरस्कार ५१ हजार

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेले २८ औं स्थापना दिवसको अवसरमा हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

संस्थाको चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

म्याराथनमा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी दिए । उनका अनुसार चौथो देखि दशौ हुनेलाई जनही ५/५ हजार पुरस्कार प्रदान गरिनेछ ।

खुल्ला म्याराथन सहाराको केन्द्रीय कार्यलयबाट सुरु भइ ओम चोक, अर्जुनधाराधाम, भाङबारी, रातेखाल, पानीकल, लक्ष्मीपुर हुँदै सहारा शिक्षा सदनमा आएर टुङ्गिने छ । प्रतियोगितामा १८ वर्ष माथी सबैले सहभागिता जनाउन सक्ने छन् ।

प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]