असार १७, २०८२ मंगलबार

बलत्कारको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ

काठमाडौँ । गोकर्ण ६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथी बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपाटीबाट राईलाई पक्राउ गरेको हो।

बौद्द बृत्तका डिएसपी रमेश सिंहले पीडित किशोरीको किटानी जाहेरीपछि राईलाईपक्राउ गरेको बताए। प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ।

देउसी खेल्न बोलाएर राईले बलत्कार गरेको किशोरीले बताएकी छिन् । कान्तिपुर

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  १२ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]