बैशाख १९, २०८१ बुधबार

बिर्तामोड वडा नं. ४ टोल नं. ६ मा ग्रासरुट अभियान

बिर्तामोड । नेकपा एमालेको मिसन ग्रासरुट अभियानलाई प्रभावकारी बनाउन नेताहरुले टोलसम्म सक्रियता देखाएका छन् । बिर्तामोड वडा नं. ४ को टोल नम्बर ६ मा शनिवार बैठक बस्दै ग्रासरुट अभियान अन्तर्गत जनवर्गीय संगठनहरुलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको टोल सहजकर्ता दिपा सापकोटाले जानकारी दिइन् ।

बैठकमा सहभागी नेताहरुले मिसन ग्रासरुट अभियान बारे धारणा राखेका थिए । पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन, एमालेको सदस्यता विस्तार गर्दै कमजोरी पक्षलाई सच्याउन अभियान सञ्चालन गरिएको नेताहरुले धारणा राखेका थिए । अधिकांशले आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउने गरी संगठनलाई मजबुद बनाउनुपर्नेमा जोड दिएका छन् ।

मिसन ग्रासरुट अभियानमा सुझाव समेत संकलन गर्ने कार्य भएको टोल सहजकर्ता सापकोटाले बताइन् । ग्रासरुटमा प्राप्त सूझावलाई पार्टीको माथिल्लो कमिटीमा पठाउने उनको भनाई छ ।

टोल बैठकमा एमालेका प्रदेश कमिटी सदस्य अम्बिर लिङदेन, गणेश पोखरेल, जिल्ला सल्लाहाकार सदस्य नारायण प्रसाद पोखरेल, सहजकर्ता जिल्ला कमिटी सदस्य भिष्म खरेल र पवित्रा पाठकले अभियानबारे धारणा राखेका थिए । बैठकले पार्टी सदस्यता नविकरणका लागि गणेश पोखरेल, टोल कमिटीमा श्रमिकलाई संगठिन गर्न अम्बिर लिङदेन, विद्यार्थी प्रदीप परियार, अनेरास्ववियुका सचिव नारायण पोखरेल , युवा तथा खेलाडी राहुल शर्मा , उद्यमी व्यवसायी शिवकुमार अग्रवाल, महिला दिपा सापकोटा, सिमा ढुङ्गाना र बुद्धिजीवीहरुलाई संगठित गर्न नारायण पोखरेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]