चैत्र ६, २०८० मंगलबार

आजबाट मुस्लिम समुदायको रमजान सुरु

झापा । आजबाट रमजान सुरु भएको छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । उनीहरुले त्यसलाई ‘रोजा’ भन्ने गरेका छन् ।
सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।
रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।
अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण रमजानमा मानिसहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्शाउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो ।

यसकारण रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै–प्यासै रही अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।
रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]