जेष्ठ ३, २०८१ बिहीबार

बिर्तामोडको ७ र १० नं. वडामा खेलकुद समिति गठन

बिर्तामोड । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरिएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा वडा समिति गठन गरेको हो ।

वडा नम्बर ७ मा नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपक कार्की, बबिता श्रेष्ठ, सचिव विशाल लिम्बु सदस्यहरु सरोज बराल, विजय रसाईली, सन्दीप टुडु, इशार्द महोम्मद, गंगा संग्रौला, सुदेश मगर र टिका सुव्वा रहेका छन् ।

यस्तै, वडा नम्बर १० मा सुरेन्द्र तुम्रोकको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा खड्गबहादुर गुरुङ्ग, समिर कटुवाल सचिवमा नरेन तामाङ्ग र सदस्यहरुमा सरन गुरुङ्ग, जीवन राई, दुर्लभ तिवारी, अरुण गुरुङ्ग, विमल कन्दङ्गवा रहेका छन् । यस समितिमा २ जनापछि मनोनित गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

वडा समिति निर्माणमा वडा नम्बर ७ मा वडाअध्यक्ष कृष्ण प्रसाद खरेल (अविरल), नगर उपाध्यक्ष आइतमाया शेर्मा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो । यस्तै वडा नम्बर १० मा वडाअध्यक्ष दुर्योधन गुरुङ्ग, नगर अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ्ग, सचिव विसन लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

अब बाँकी रहेका वडाहरु ५ र ६मा पनि चाँडै समिति गठन गरिने नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले बताए । समिति गठन गरिएका सबै वडामा सर्वसम्मत रुपमा समिति गठन गरिएको उनले बताए ।

नगर खेलकुद विकास समितिले बिर्तामोडमा सुपर सिक्स क्रिकेट र पव्जी खेलको तयारी गरिरहेको छ । यसलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीमा जुटिरहेको नगर खेलकुद समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]