जेष्ठ ६, २०८१ आईतबार

छोराछोरीमा विभेद कायमै

सम्पादकीय
राष्ट्रिय जनगणना २०७८ को विवरणमा छोरीभन्दा छोरा बढी जन्मिएको तथ्याङक सार्वजनिक भयो । यो तथ्याङकले फेरि छोराछोरीमाथि विभेद भइरहेको प्रश्न उब्जाएको छ । साक्षरता दर वृद्धि हुँदा पनि आम नागरिकमा छोरा र छोरीमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको स्पष्ट भएको छ । लैङ्गिक रुपमा हुने विभेद सामाजिक अपराध हो । यसको नियन्त्रण हुनेमा विश्वास बढिरहेको थियो । तर, राष्ट्रिय जनगणनामा सार्वजनिक विवरणले गम्भीर बनाएको छ । छोरा जन्माउने आशामा छोरीको भ्रुण हत्या गर्ने प्रवृत्ति यसको प्रमुख कारण हुन सक्छ । यस तर्फ सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।

राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको उल्लेख छ । जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत छ ।

छोरा र छोरीमा आम नागरिकले धारणा बदल्न जरुरी छ । छोराछोरी समान हुन भन्ने दृष्टिकोण नबनाएसम्म सधैं छोराहरु जन्माइने छन् । २१ औं शताब्दीमा समेत सचेत नागरिकहरुले छोरा र छोरीमा विभेद गर्नु भनेको ठुलो अपराध हो । छोरा मात्र होइन, हाम्रै देशमा छोरीहरुले महान काम गरेका छन् । छोरीहरु छोराभन्दा सबल र सक्षम समेत भएका छन् । छोरीहरुले हरेक क्षेत्रमा नेतृत्व गर्न सक्नेछन् । छोराहरुभन्दा जिम्मेवार छोरी हुने छन् । छोरा भएर पनि पश्चताप गर्नेहरु आज समाजमा लाखौं परिवार छन् । जो छोरा जन्माएकोमा घृणाबोध गरिरहेका छन् । यसैले छोरीलाई गर्भमा हत्या गर्ने कुकर्म बन्द गरौं । छोरीलाई उचित शिक्षा, नैतिकवान बनाएर छोराभन्दा अब्बल बनाऔं । छोराछोरीलाई समान हिसावले हेरौं ।

प्रकाशित मिति : चैत्र १३, २०७९ सोमबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]