जेष्ठ २, २०८१ बुधबार

बिर्तामोडमा फुटसल प्रतियोगिता हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यही चैत १७ र १८ गते वड़ा स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो ।

बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ । फुटसल खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा १० वडाका १० वटै टिम सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

प्रतियोगिता बिर्तामोड–१ स्थित एफ्सुलेट फुट्सलमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले रू २५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने समितिका सदस्य सुदिप खवासले जानकारी दिए ।

त्यतै, म्यान अफ द म्याच दुई हजार एक सय तथा वेष्ट प्लेयरलाई नगद पाँच हजार प्रदान गरिने समितिले जनाएको छ । फुटसल प्रतियोगिताको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईंले गर्नुहुने छ । प्रतियोगिता आयोजना गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १३, २०७९ सोमबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]