बैशाख २५, २०८१ मंगलबार

टिकटकको कुलत

सम्पादकीय
बेलायतको संसदले सुरक्षा विष्लेषणपछि टिकटकलाई प्रतिवन्ध लगाएको छ । सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै बेलायतले टिकटकमा प्रतिवन्ध लगाइरहेको बेला झापामा पनि टिकटक प्रतिबन्ध गर्ने चर्चा भइरहेको छ । बेलायतमा सुरक्षाको मामिलामा जोखिम भएको जनाउँदै प्रतिबन्ध लगाउने मुद्धा उठेको थियो भने झापामा कर्मचारीले सेवाग्राहीलाई दुख दिएको भन्दै प्रतिवन्ध गर्ने चर्चा शुरु भएको छ । कार्यालय समयमा टिकटकमा कर्मचारीको व्यवस्तता बढेको जनगुनासोपछि प्रशासनको ध्यान समेत तानिएको छ । वास्तवमा कर्मचारीहरुले सेवाको समयमा टिकटकलाई समय बिताउने माध्यम बनाइरहेका छन् । सबै कर्मचारी टिकटमा अल्झिएका पनि छैनन् । धेरै कर्मचारीमा आम नागरिकको सेवामा प्रतिवद्ध छन् ।

अहिले टिकटक वास्तवमा कुलत नै भएको छ । यसलाई विधुतीय कुलत भन्दा फरक पर्दैन । यसले सामाजिक रुपमा पनि नकारात्मक असर गरिरहेको छ । परिवारबीतमा बेमेल गराइरहेको टिकटकले रचनात्मक समयको बर्बादी समेत गरिरहेको छ । टिकटकको सहि सदुपयोग नहुँदा धेरै मानिसहरु मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेका छन् । टिकटकमा भएको ज्ञानवद्र्धकभन्दा नकारात्मक सन्देश दिने सामग्रीहरु हेरेर परिवारहरुमा मेलमिलापभन्दा धेरै बेमेलको वातावरण बनाइरहेको छ ।

टिकटकलाई झापामा मात्र होइन, देशभर नै प्रतिवन्ध लगाउनु उपयुक्त हुन्छ । यसले सिर्जनाभन्दा नकारात्मक बनाउन धेरै प्रश्रय दिइरहेको छ । यसले सकारात्मक भन्दा नकारात्मक बाटोमा धेरै हिडाइरहेको छ । टिकटकमा राम्रा पक्ष पनि छन् । स्वास्थ्य, शिक्षाका बारेमा ज्ञानवद्र्धक सामग्रीहरु राखिएका हुन्छन् । कसरी खानपिन गर्ने देखि कसरी जीवनशैलीलाई राम्रो बनाउनेसम्म भेटिन्छ । तर, मानिसहरु त्यहाँ ध्यान दिइरहेका छैनन् । नत, सहि समयमा त्यसको प्रयोग गरिएको छ । जुनसुकै बेला टिकटक चलाउने कुरा कर्मचारीहरु लागि मात्र होइन, सबैका लागि हानिकारक छ । यसैको प्रयोग सकेसम्म नगरौं । यो प्रयोग गर्ने समयमा जीवन उपयोगी ज्ञान आर्जन गरौं । टिकटक पनि क्षतिका हिसावले लागुऔषध जत्तिकै भइसकेको छ ।

प्रकाशित मिति : चैत्र १४, २०७९ मंगलबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]