बैशाख १९, २०८१ बुधबार

बिर्तामोडमा मिसन ग्रासरुट मार्फत टोलटोलसम्म अभिमुखिकरण

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले ‘मिसन ग्रासरुट’ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताएका छन् । उनले पार्टीले जनतासँग जोडिने र जनताले जनप्रतिनिधिसँग जोडिने गरी अभियानलाई अघि बढाएको बताए ।

बिर्तामोडमा फागुन १६ गते सम्पन्न नगर कमिटीको विस्तारित बैठकपछि मिसन ग्रासरुट अभियान तिव्रताका साथ अगाडी बढिरहेको छ । अभियानमा बिर्तामोडका १० वटैै वडाका टोलटोलमा पुगेर विभिन्न भेला, बैठक तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

नगर कमिटी अध्यक्ष भट्टराईले बिर्तामोडका सबै वडाहरुमा फोकल पर्सन तोकेर अभियानलाई सक्रियताका साथ अगाडी बढाएको बताए । उनले सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र टोलस्तरीय प्रशिक्षण कार्यक्रमहरु समेत गरिरहेको जानकारी दिए ।

नेतृत्वमा रहेर जनतासँग जोडिन नसकेका र अपेक्षित विकास योजनाहरु गाउँ घरसम्म जान नसकेका विषयमा केहि गुनासोहरु आउने गरेको अध्यक्ष भट्टराईले बताए । उनले एमाले प्रवेश गर्नेहरुको नामवली सबै वडाबाट संकलन गर्ने काम पनि भइरहेको र अभियानको अन्त्यमा एकमुष्ठ कार्यक्रम गरेर पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिए ।
अभियानमा नेकपा एमाले प्रति युवाहरुको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ । नयाँ सदस्यता लिनेहरुमा युवाहरु धेरै रहेको उनको भनाई छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशभर सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभर चलिरहेको छ । अभियानमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका नेताहरुको सक्रियता छ ।

प्रकाशित मिति : चैत्र १४, २०७९ मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]