जेष्ठ ३, २०८१ बिहीबार

एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

विराटनगर – साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।

प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]