बैशाख २५, २०८१ मंगलबार

मिटरब्याजीबाट सतर्क रहौं

गरिव, विपन्नहरुमाथि आर्थिक शोषण गर्ने सामन्तहरुबाट लाखौं नागरिक पीडित छन् । जसका विरुद्ध अहिले आन्दोलन पनि चलिरहेको छ । एक बेला महंगो व्याजमा पैसा लगाउने, सापटी दिने प्रचलन थियो । त्यसकै परिवर्तित रुप अहिले मिटरव्याज बनेको छ । मिटरव्याजका कारण सयौं परिवार घरबार विहीन भएका छन् । उनीहरुमाथि भइरहेको अन्यायका विरुद्ध राज्य बलियोसँग उभिन सकिरहेको छैन । शोषक सामन्तहरुबाट पिल्सिएका गरिवमाथि मिटरव्याजको डरलाग्दो बोझ छ । कारोवारभन्दा फरक कागज गरेर धनसम्पत्ती आफ्नो बनाउनेहरु मिटरव्याजको धन्दामा क्रियाशिल छन् । त्यो समस्या देशभर फैलिदो छ ।

मधेश प्रदेशका गरिव, विपन्न नागरिकहरु मिटरब्याजीका कारण अन्यायमा परेपछि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । १३ हजार दिएर १३ लाख असुल्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारले सकिरहेको छैन । चलनचल्तीको व्याजमा कारोवार गर्नु सामान्य हो । तर, एक लाख चलाए वापत दिनको २, ३ हजारसम्म तिर्नुपर्ने परिस्थिति बाध्यकारी बनाइएका कयौं उदाहरण छन् । अनौपचारिक रुपमा हुने अधिकांश कारोवारहरु मिटरव्याजको धन्दा हुने गरेको छ । त्यसैले आर्थिक कारोवार गर्दा औपचारिक रुपमा गर्न जरुरी छ ।

यो समस्या झापामा पनि व्यापक रुपमा मौलाइरहेको छ । कारोवार गर्नलाई खाली चेक माग्ने, कारोवार सकिएपछि पनि त्यहि खाली चेकको फाइदा उठाउदै वाउन्समा उजुरी गर्ने गरेको पाइन्छ । विभिन्न ठाउँहरुमा केहि थान युवाहरु नै परिचालन गरेर मिटरव्याजको धन्दा चलाइरहेको सूचनाहरु बाहिर आएको छ । मिटरव्याजी धन्दाबाट पीडितहरुले समेत आफ्नो समस्या राख्न सकिरहेका छैनन् । समस्या परेर चलाएको पैसा तिर्नेबेला अर्कै कथा बनिसकेको हुन्छ । यसैले आम नागरिकले मिटरव्याजीबाट सतर्क रहन आवश्यक छ । यसका विरुद्ध आवाज उठाउन जरुरी छ । सरकारले समेत मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने तयारी गरेको हुनाले मिटरव्याजीहरुको अपराधबाट सुरक्षित हुन बेलेमा सतर्क रहौं, प्रशासनलाई जानकारी गराऔं । खाली चेक दिने काम बन्द गरौं ।

प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]