बैशाख १७, २०८१ सोमबार

‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ ।

क्लबको पुरस्कार छनौट समितिको वुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार क्लबको यही चैत १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा मनाइने २५ औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट प्रदान गरिनेछ ।

उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । पौडेल विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै आएका पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रिपोर्टर्स क्लबले जनाएको छ ।

पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । पौडेलले २०५४ वैशाख ४ गतेबाट पत्रकारिता सुरु गरेका हुन् ।

प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]