बैशाख २५, २०८१ मंगलबार

जनप्रतिनिधिहरुलाई रचनात्मक सुझाव दिऊ

सम्पादकीय
स्थानीय तहको निर्वाचन भएको एक वर्ष हुन लाग्यो । बैशाखमा निर्वाचन भएको एक वर्ष पुरा हुदैछ । बैशाखदेखि शुरु भएको निर्वाचन बल्लतल्ल सकिएको छ । अझै केहि निर्वाचन क्षेत्रमा उपनिर्वाचन बाँकी छ । २०७९ निर्वाचनमै वितेको छ । निर्वाचन कै कारण आम नागरिक पालिकाहरुसँग काम खोजिरहेका छैनन् । कतिपय ठाउँहरुमा कामको व्यापक खोजी पनि हुने गरेको छ । स्थानीय तह जनताको नजिकको सरकार हो । जहाँ हरेक नागरिकको प्रत्यक्ष पहुँच पुग्छ । यसैले सबैभन्दा जिम्मेवार बन्नुपर्ने सरकार नै स्थानीय तह हो ।

आम नागरिकको प्रभावकारी भूमिकाबाट पनि स्थानीय तहहरुलाई कामयावी बनाउन सकिन्छ । जहाँ नागरिकको चासो र चिन्ता भइरहन्छ, त्यहाँका पालिकाहरु पनि प्रभावकारी रुपमा काम गरिरहेका हुन्छन् । स्थानीय तहको खवरदारी गर्नु भनेको विरोध मात्रै गर्ने हो भन्ने आम बुझाई छ । वास्तवमा, सकारात्मक खवरदारी पनि गर्न सकिन्छ । सकारात्मक खवरदारीले सबैलाई लाभ मिल्छ भने विरोधवाला खवरदारीले नोक्सान मात्र हुन्छ । जनप्रतिनिधिहरु सबै जान्ने बुझ्ने भएर निर्वाचित भएको होइन । उनीहरुलाई पनि सल्लाह, सूझावको धेरै खाँचो छ ।

शिक्षा, स्वास्थ्य र आम नागरिकसँग प्रत्यक्ष जोडिने सरोकारका विषयहरुमा रचनात्मक सूझाव दिएर पालिकाहरुलाई सहयोग गर्न सकिन्छ । शिक्षालाई कसरी राम्रो बनाउने, स्वास्थ्य क्षेत्रलाई कसरी थप सेवामुखी र सुधार गर्ने भन्ने विषयमा रचनात्मक सूझाव दिन सकिन्छ । पालिकाहरुको विरोध मात्रै गर्ने, खेदो खन्ने प्रवृत्तिले कसैलाई उकास्दैन । पालिकाहरु सफल हुनु भनेको नागरिकलाई संघीय संरचनाको लाभ मिल्नु पनि हो । विरोध गर्ने तोडफोड मात्रै गर्ने सोचबाट मुक्त भएर विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्न सहयोग गर्न सकिन्छ । त्यसका लागि सबैको सक्रिय भूमिका हुनुपर्छ ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]