जेष्ठ ८, २०८१ मंगलबार

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८–७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८–०७९ सदनमा पेस गर्नेछन् ।

त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]