जेष्ठ ८, २०८१ मंगलबार

उपनिचर्वाचनमा गठबन्धनसँग एमालेले एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडौं । बैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने भएको छ ।

उपनिर्वाचन हुने बारा–२,चितवन–२ र तनहुँ–१ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने भएको हो । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।

बारा–२ मा जसपाका उपेन्द्र यादव र चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ । त्यस्तै तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई गठबन्धनबाट साझा उम्मेदवार बनाएको छ ।

उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेले शनिवार मात्रै उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  २ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]