जेष्ठ ६, २०८१ आईतबार

झापाका नयाँ शिक्षकलाई स्वागत सम्मान

बिर्तामोड । शिक्षा सेवा आयोगबाट प्राथमिक तह स्थायी तृतिय श्रेणीमा उर्तिण नयाँ शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरिएको छ । नियुक्ती पत्र प्रदान गर्दै उनीहरुलाई सपथ गराइएको छ ।

बिहीवार जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित नव प्रवेशी प्राथमिक तहका शिक्षकहरुको नियुक्ती पत्र वितरण तथा अभिमुखिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले सपथ गराएका थिए ।

जिल्ला शिक्षा समिति, शिक्षक संघ संगठनहरुको सहभागितामा आयोजित नयाँ शिक्षकहरुलाई जिम्मेवार पूर्वक विद्यालयमा क्रियाशिल हुन आग्रह गरिएको छ । १५ पालिकामा पालिकागत स्थायी नियुक्ती पत्र ग्रहणपछि उनीहरुलाई स्वागत सम्मान समेत गरिएको थियो । सामुदायिक शिक्षामा प्रविधिमैत्री शिक्षक र उदाहरणीय शिक्षक बन्न सूझाव दिइएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]