बैशाख २५, २०८१ मंगलबार

उपभोक्ताको भावना बुझौं

सम्पादकीय
हरेक काममा सफलता पाउन केहि न केहि फरक हुनैपर्छ । अर्थात, उपभोक्ताको मनमा भिज्नैपर्छ । अहिले धेरै व्यापारीहरु व्यापार नभएर तनाव भइरहेको भन्दै सुनाउने गर्छन् । केहि व्यापारी राम्रो व्यापारका कारण प्रशन्न छन् । वास्तवमा , व्यापारीले विक्री गर्ने सामान मात्रै ठिक भएर हुदैन । व्यापारीको व्यवहार पनि व्यापारका लागि महत्वपूर्ण आधार हुनेछ । उपभोक्तासँग गरिने व्यवहारले धेरै फरक पार्दछ । त्यति मात्र होइन, दिइने सेवा पनि उत्तिकै यादगार हुनुपर्छ । उपभोक्ताहरुसँग रुखो व्यवहार गर्नेहरुसँग दोस्रो पटक कमै मात्र पुग्छन्, जसको उदाहरण धेरै छ ।

एउटा उदाहरण, बिर्तामोडको सेवारो सेकुवालाई लिन सकिन्छ । सधैं ठुला घरानाका व्यापारीको उदाहरण किन लिने ? स्थानीय व्यवसायीकै कुरा गर्दा सेवारो काफी छ । सेवारोका सञ्चालक आफ्नो व्यवसायमा सन्तुष्ट छन् । सेवारोले तीन वर्षको प्रयासमा आफ्नै स्वाद निकालेको थियो । सेकुवा पाइने यहाँ सयौं पसलहरु छन् । तर, अधिकांशको रोजाईमा सेवारो छ । सेवारो खास भएकै कारण रोजाईमा पनि परेको हो । तीन वर्षको मेहनतले सेवारो आज यो सफलतामा पुगेको छ । ग्राहकलाई पैसा मात्रै असुल्छु भन्ने मान्यता राखेको थियो भने सफलता हात पर्ने थिएन ।

व्यापारीहरुले आफ्नो वस्तुको विक्रीमा गुणस्तरीयता ख्याल गर्नैपर्छ । ग्राहकसँग पैसा असुल्ने मात्रै दाऊ धेरैसँग हुन्छ । उनीहरु विस्तारै पछुताउनुपर्ने हुन्छ । जो व्यापारी सामाजिक पनि छ, गुणस्तरीयता पनि ख्याल गर्नुपर्छ । उसले व्यापारमा निराश हुनुपदैन । व्यापारबाट पैसा कमाउने नै हो । तर, पैसाका लागि असामाजिक पनि बन्न हुदैन । अधिकांश उपभोक्ता व्यापारीहरुबाट सभ्य व्यवहार चहान्छन् । केहि फरक र गुणस्तरीयता खोजिरहेका हुन्छन् । जसरी सेवारोले सेकुवामा नयाँ स्वाद दिन सफल भएको छ । यसरी व्यापारीहरुले उपभोक्ताको भावना बुझ्ने हो भने सफलता हात पर्नेछ ।

प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]