जेष्ठ ८, २०८१ मंगलबार

पहिचानवादीले लगाए मेचीनगरमा ताला

मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् ।

प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् ।

नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका छन् । तालाबन्दी पछि सम्बोधन गर्दै उनीहरुले पहिचानलाई समेटिने गरी प्रदेशको नाम राख्नु पर्ने बताएका छन् ।

प्रदेशको नाम कोशी हटाएर पहिचान सहितको नाम नराखेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार  १ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]