बैशाख १२, २०८१ बुधबार

झापासहित पूर्वलाई केरामा आत्मनिर्भर बनाउन ५० विगाहमा अर्गानिक केरा खेती

बिर्तामोड । झापालाई केरामा आत्मनिर्भर बनाउने गरी खेती शुरु गरिएको छ । झापा गाउँपालिका–३ रङपुरमा अर्गानिक केरा खेतीको तयारी गरेको एग्रो सेन्टर झापा प्रालिका सञ्चालक चन्द्र बस्नेतले जानकारी दिए । उनले झापा सहित पूर्वलाई केरामा आत्मनिर्भर बनाउने गरी आयोजना शुरु गरेको जानकारी दिएका छन् ।

पहिलो चरणमा २० हजार केराको उन्नत जातको विरुवा रोप्ने तयारी गरिरहेको कम्पनीले ३ वर्षमा ५० विगाह जमिनमा केरा खेती विस्तार गर्ने जनाएको छ । १ विगाह १४ कठ्ठा जग्गाबाट थालिएको आयोजना अब धानवाली हटाएर बढाउने योजना रहेको सञ्चालक बस्नेतले बताए । उनका अनुसार केरासँगै कागति खेती पनि गरिने छ ।

साना किसान सहकारी संस्था मार्फत कृषि अध्ययनका लागि इजरायल गएका बस्नेतले त्यहाँ केरा खेतीकै विषयमा अध्ययन गर्ने अवसर पाएका थिए । केरा खेतीका बारेमा अध्ययन गरेका उनले झापामा कम्पनी दर्ता गरेर साझेदारीमा व्यवसायिक केरा खेती गर्न लागेको सुनाए ।

टिस्यु कल्चर प्रविधिबाट तयार गरिएका केराका विरुवा रोप्ने गरिरहेको सुनाउँदै बस्नेतले भने, – ‘ यो उन्नत जातको केराको विरुवा हो । यो स्वास्थ्यका लागि राम्रो र रोग प्रतिरोधात्मक मानिन्छ ।’ तिन जातका केरा जि नाइन्, विलियम हाइब्रेट र माल्बोक सहित स्थानीय जातको केरा लगाइने तयारी भएको बताइएको छ । रोपेको एक वर्षपछि उत्पादन पाइने केरा झापा गाउँपालिकामा पकेट क्षेत्र बनाउने सकिने उनको भनाई छ । व्यवसायिक उत्पादन नगर्दा ३ देखी ४ वर्ष मात्र उत्पादन पाइन्छ, हामी व्यवसायिक उत्पादन गर्छौ, प्रविधि र ज्ञान सीपको प्रयोग गरेर १० वर्ष उत्पादन लिने योजना छ – उनले थपे ।

इजरायलमा फलफुल मध्ये पनि केरामा विशेष अध्ययन गरेका बस्नेत केराको प्राविधिक हुन् । उनले बताए अनुसार अहिले बजारमा पाइने केरा कराक, कराक गर्छ । उनीहरुले उत्पादन गर्ने केरामा उत्पादन शुरु हुनासाथ व्याग लगाइदिने, रोग र दागबाट बचाउने बताए । ३ वर्षभित्र केरा खेतीमा नमूना बन्ने योजना बनाएको सो कम्पनीमा ५ जना सञ्चालक छन् । झापा मोरङ र काठमाडौंका युवा मिलेर केरा खेती थालेको बताइएको छ ।

उनीहरुले केरामा आत्मनिर्भर बनेसँगै उधोग समेत सञ्चालन गर्ने लक्ष्य रहेको बताएका छन् । केराको थम्बाबाट कपडा, कागज र प्याड उत्पादन गर्न सकिने सञ्चालक बस्नेतले जानकारी दिए । कम्पनी मार्फत ठुलो क्षेत्रफलमा खेती गनए लागेका उनीहरुले स्थानीय किसानलाई समेत प्रोत्साहित गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]