जेष्ठ ९, २०८१ बुधबार

अनेमसङ्घ राष्ट्रियको सम्मेलन चैत २५ र २६ मा हुने

काठमाडौं । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो । सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिनुभयो ।

अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]